पर्वतका अभिषेकले लुम्लेको सरकारी माविबाट एसइईमा कास्की टपे
पाेखरा | साउन १२, २०७९
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।
सार्वजनिक नतिजाअनुसार सरकारी विद्यालयतर्फबाट कास्कीमा अभिषेक न्यौपानेले ४.० जीपीए ल्याउन सफल भएका छन् । न्यौपाने अन्नपूर्ण गाउँपालिका – ३ काँडेको बालमन्दिर माध्यमिक विद्यालयका छात्र हुन् ।
न्यौपानेले कक्षा ५ बाट बालमन्दिरमा अध्ययन गरेका हुन् । एसइई परीक्षाको दौरान प्रधानाध्यापक रहेका सुरेन्द्र देवकोटाले न्यौपानै अत्यन्तै सिर्जनशील विद्यार्थी रहेको जानकारी दिए ।
‘न्यौपाने अनुशासनको प्रतीक थिए’ हाल निवर्तमान प्रअ देवकोटाले भने ‘नाच्ने, गाउने र खेलकुदलगायत सबै क्षेत्रमा पोख्त थियो, उसलाई अलराउण्डर भन्न मिल्छ ।’
उनका अनुसार फुर्सद भयो कि पढिहाल्ने स्वभाव न्यौपानेको थिएन । एसइई परीक्षा अघिका कक्षामा न्यौपाने प्रायः चौथो हुने देवकोटाले बताए ।
न्यौपानेको स्थायी ठेगाना पर्वतकाे बियादी गाउँपालिका ४ हो । उनी कक्षा ४ सम्म पर्वतमै पढेका हुन् । काठमाण्डौंको बुढानिलकण्ठ स्कुलअन्तरगतको पब्लिक पार्टनरशीप प्रोग्राम (पीपीपी)अन्तरगत नाम निकालेर बालमन्दिरमा पढ्न आएको देवकोटाले जनाए ।
‘स्याङजा, पर्वत सीमा घर भएकाकारण न्यौपाने परिवारले आवासीय विद्यार्थीकारुपमा लुम्लेको बालमन्दिर रोजेका हुन्’ पूर्वप्रधानाध्यापक देवकोटाले भने ‘बालमन्दिर पढ्न पीपीपीमा नामै निकालेर आएका हुन् न्यौपाने ।’
यसपटकको नतीजाअनुसार कास्कीमा २ जनाले ४ जीपीए ल्याएका छन् । जसमध्ये अर्का एक निजी विद्यालय डिज्नेल्याण्ड एकेडेमीकी छात्रा रितिका पोखरेल हुन् । रितिका कक्षा १ देखि नै डिज्नेकी विद्यार्थी हुन् ।
कास्कीको अन्य नतीजा विवरण टेबलमा उल्लेख गरिएको छ ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

